२६ चैत्र २०८१, बिहिबार

पार्टीबाट निश्कासनमा परेपछि भीम रावलले के भने ?

Logo
Pulse Khabar बुधबार, पुष ०९, २०८१

विराटनगर । नेकपा एमालेका नेता तथा पूर्वउपाध्यक्ष भीम रावलले आफूलाई पार्टीले कारबाही गरेको नभइ अध्यक्ष केपी शर्मा ओलीको निर्णय भएको प्रतिकृया दिएका छन् । उनले आफूमाथिमाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताए । अध्यक्ष ओली समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यताविपरीत काम गर्दै आएको उनको आरोप छ ।

प्रधानमन्त्री बन्नकैलागि शत्रुशक्तिसँग मिलेको आरोप लगाउँदै रावलले बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्तिविरुद्ध जाइलागेको बताए । उनले ओलीले साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर आफूविरुद्ध खनिएको बताए । अहिलेको कारवाही हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो अध्यक्ष ओलीकै एकल निर्णय रहेको उनको दाबी छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206