२६ चैत्र २०८१, बिहिबार

७ गोलले विराटनगर सिटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइलनमा

Logo
Pulse Khabar बुधबार, पुष ०९, २०८१

विराटनगर । विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौंको चर्च ब्वाइज युनाइटेड ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

फिदिम माविको मैदानमा आज भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विराटनगर सिटीलाई ७–१ गोलले हरायो ।

प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा भोलि काठमाडौंको एनआरटी क्लब र सिरहाको सलहेश युवा क्लब खेल्दैछन् । यसअघि मच्छिन्द्र क्लब र फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइलनमा पुगेका छन् ।

गएको शनिवारदेखि शुरू भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206