

अनुशासन आयोग छ एमालेमा। यो बिषय त्यहाँ पठाइएको भए पनि हुन्थ्यो। अनुशासन आयोगले यो बिषयलाई संज्ञानमा लिए पनि हुन्थ्यो।जे हो हामीमात्र हो भन्ने सन्देश जानु किमार्थ ठिक भएन।
समाचारमा भनिन्छ, महासचिवले मोबाइलमा रहेको उहाँको अभिलेख देखाउनु भयो। नभन्दै सैद्धान्तिक बिषयमा महासचिवले कृत्रिम बौद्धिकता (एआई) ले परिभाषित गर्ने अनुशासनको अपुरो अधुरो बेकामे पाठ फेसबुकमा सार्वजनिक गर्नुभयो। एआई गुरुबाटै जनताको बहुदलीय जनवादको तालिम चलाए हुने भयो त अब ?
आदर्श यथार्थ अन्तर्य र उपायको बारेमा सिद्धान्त रणनीति कार्ययोजना बनाउन स्थापित पार्टी घरी एआई देखाएर अनुशासनको ब्याख्या गर्छ, घरी अदालतको कानून आधारित फैसला सिरानी हालेर प्रतिरक्षा गर्छ।एमाले साँच्चै लकिरको फकीर पार्टी हो ? कानूनले त पञ्चायतलाई पनि अनुमोदन गरेकै थियो।
पार्टीको स्थापना देखि लिएर सम्पूर्ण उन्नति प्रगतिका लागि मिहेनत त्याग बलिदान गरेकाहरुको चित्त बुझाउन नसक्ने दर्ज्यानीको दम्भले ग्रस्तहरुको हातमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित हुँदैगएको सन्देश ब्याप्त बन्दैगएको अनुभूति भएको छ कि छैनरु आलोचना र आत्मालोचना कम्युनिस्ट पार्टीको मौलिक चरित्र हो।र आजको खुलस्त युगमा अल्पज्ञानी ठेट्नाहरु जसरी फलानो ढिकानोले के के बिगारे भनेर फलाक्दै कथित अरिङ्गाल नायक बन्ने दौडमा छन् तीनलाई नेपालीले नचिनेको पनि छैन।त्यस्तालाई अघि लगाएर पार्टीको साख विश्वास र पार्टीप्रतिको भरोसा किमार्थ बढ्नेवाला छैन।
सँगै बसौँ। वहस गरौँ।दर्ज्यानी दम्भबाट मुक्त बनौँ। केपीले लेख्नुभएको पार्टीको लोकतान्त्रिकरणको दस्तावेज साक्षी राखेर बहस गरौँ। झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँकै सार्वजनिक आक्रोश पनि सहायक सामग्री बन्ला। असहमतिको समाधानको बारेमा कम्युनिष्ट आन्दोलनमा सरल समाधान छँदैछ, जे भन्नु छ भन, बाँकी नराखी भन, वक्तालाई दोष नदेउ, होइन भने होइन भन।
एमाले नेता भीम रावल, उषाकिरण तिम्सिना र विन्दा पाण्डेमाथिको कारबाहीको विषयमा एमाले नेता सुबोधराज प्याकुरेलको निजी विचार