०४ बैशाख २०८२, शुक्रबार

मार्च १० सम्ममा बन्धकहरु फिर्ता नगरे रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी

Logo
Pulse Khabar सोमबार, फाल्गुण ०७, २०८०

विराटनगर । इजरायलको मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा आक्रमण गर्ने धम्की दिएका छन् ।

इजरायलले सेनालाई पहिलो पटक गाजाको दक्षिणी भागमा प्रवेश गर्ने आदेश दिएको हो । गाजाका विभिन्न भागबाट भागेर आएका प्यालेस्टिनीहरूले रफाहमा शरण लिएका छन्। रफाहमा १५ लाख मानिस आश्रय लिएर बसेका छन् र यहाँ आक्रमणको विश्वव्यापी विरोध भइरहेको छ । यसअघि संयुक्त राष्ट्र जनस्वास्थ्य एजेन्सीले इजरायली हमलापछि दक्षिणी गाजाको एउटा प्रमुख अस्पतालले काम गर्न बन्द गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अवस्थाको मूल्याङ्कन गर्न खान युनिस, रफाहको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बताएको छ। इजरायली रक्षा बल (आईडीएफ) बिहीबार अस्पताल परिसरमा प्रवेश गरेको थियो । गुप्तचरले इजरायली बन्धकहरूलाई त्यहाँ राखिएको संकेत गरेपछि इजरायली सेना त्यहाँ प्रवेश गरको हो । आइडिएफले आतंकवादीहरुले अस्पताल प्रयोग गरेको आरोप लगाएको छ । यही मार्चबाट रमजान सुरु हुँदै छ, सोही दिनसम्मको समयसीमा राखेर बन्धकहरु फिर्ता गराउन इजरायलले चेतानवी दिएको हो । इजरायली बन्धक फिर्ता नभए रफाहमा हमला सुरु गर्ने इजरायले तयारी गरेको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206