

नयाँ दिल्ली । भारतमा जारी किसान आन्दोलनमा एक युवकको मृत्यु भएको छ । पञ्जाब र हरियाणको बीचमा रहेको खनौरी क्षेत्रमा आज ती युवकको मृत्यु भएको हो । किसा संगठन र डाक्टरले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । तर हरियाणा प्रहरीले भने मृत्युको खबर अफवाह भएको जनाएको छ । आन्दोलनरत किसानहरुलाई तितरवितर पार्न प्रहरीले पञ्जाव र हरियाणाको सीमा सम्भू बोर्डरमा आज दिउँसो अश्रुग्यास प्रहार गरेको थियो । पटियालाको सरकारी अस्पतालले शुभकरण सिंहको मृत्यु भएको पुष्टि गरेको छ । उनको टाउकोमा गोली लागेर मृत्यु भएको पटियालाको राजिन्दरा अस्पतालका प्रमुख डाक्टर हरनाम सिंह रेखीले पुष्टि गरेका छन् । शान्तिपूर्ण आन्दोलनरत् किसानहरुलाई राज्यले दमन गर्दै अश्रुग्यास र प्लाष्टिकको गोली हानेको भन्दै आई काँग्रेसले भत्र्सना गरेको छ ।