२६ चैत्र २०८१, बिहिबार

कोशी अस्पतालमा हातको पाताको दुर्लभ र जटिल शल्यक्रिया

Logo
Pulse Khabar सोमबार, फाल्गुण २१, २०८०

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ । कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिल पाताको शल्यक्रिया गरिएको हो । रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो । भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

डा. मिलन केसीको नेतृत्वमा डा. नविन सुवेदी र डा. रोशन यादवसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सरदारको दुर्लभ तथा जटिल किसिमको शल्यक्रिया गरेको हो । डा. केसीले कोशी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया भएको दाबी गरे । “मलाई जानकारी भएअनुसार कोशी प्रदेशमा यसअघि यस्तो शल्यक्रिया कहिल्यै पनि भएको थिएन,” डा. केसीले भने, “कोशी अस्पतालमा पनि जटिल किसिमको शल्यक्रिया गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।”

कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएको बिरामी सरदारले बताउनुभयो । पुराना र अनुभवी डाक्टरले अप्रेसन गर्छन् भनेर यहाँ आएको उहाँको भनाइ थियो । “कोशीमा राम्रो उपचार हुन्छ भनेर सुनेर आएको हुँ । वास्तवमै धेरै राम्रो उपचार हुँदोरहेछ,” सरदारले भने, “मैले विश्वास गरेअनुसार नै धेरै राम्रो रहेछ कोशी अस्पतालको उपचार सेवा ।” सरदारको १८ दिनअघि रुखबाट लडेर देब्रेहातको पातोका सबै हड्डी भाँचिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206