

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएलगत्तै पदभार ग्रहण गर्नुभएको हो । जिम्मेवारी सम्हाल्दै उहाँले जनताको सेवा गर्न वरियताले फरक नपर्ने प्रतिकृया दिनुभएको छ ।
पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका यादव यो पटक उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा हुनुहुन्छ । वरियताको विषयमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उहाँले जनताको सेवा गर्नेलाई वरियताको मतलब नहुने प्रतिकृया दिनुभएको हो । उहाँले जनतालाई वरियताको मतलब नहुने बताउनुभएको हो । स्वास्थ्यमन्त्री यादवले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गर्नुभयो ।