

विराटनगर । स्वस्थ्य रहन खानपानमा धेरै ध्यान दिनु पर्ने हुन्छ । हामीले खाएको खानाकै कारण कतिपय रोग लाग्ने पनि हुन सक्छ । व्यस्त जीवनशैलीको कारण हामीले धेरै आफ्नो स्वास्थ्यको ख्याल राख्न त भुलिरहेका छैनौँ ? यो विषयमा विचार गर्न आवश्यक छ ।
खानपानकै कुरा गर्नुपर्दा फलफुलको अधिक सेवन गर्नु राम्रो हुन्छ । आज हामी शरीरका लागि आवश्यक सबै तत्वले भरपूर रहेको खजुरको फाइदाका विषयमा चर्चा गर्दै छौँ । पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुको लागि खजुरको सेवन गर्नु अति राम्रो हुन्छ । यस्तै खजुरमा पाइने पोषक तत्वले हाम्रो हड्डीलाई बलियो बनाउन मद्धत गर्छ ।
खजुरमा पाइने सेलेनियम, म्याग्निज, कपर जस्ता पोषक तत्वले हाम्रो हड्डीलाई मजबुद बनाउने काम गर्छ । यस्तै तनाव गर्न पनि दैनिक खजुर खान आवश्यक छ । खजुर खाएमा दैनिक भिटामिनको सप्लिमेन्ट लिन पनि आवश्यक पर्दैन् । यसमा फाइबर, क्याल्सियम, पोटासियम, आइरनको मात्रा अधिक हुन्छ । फाइबर अधिक भएको कारण यसले कब्जियत जस्तो समस्या समाधान गर्न पनि मद्धत गर्छ । यस्तै खजुरको पानी पिउनु भयो भने पनि पेटका धेरै समस्या समाधान हुन्छ ।
यो सामान्य जानकारीका लागि मात्रै हो ।