०४ बैशाख २०८२, शुक्रबार

बजेट निर्माणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल

Logo
Pulse Khabar आइतबार, बैशाख २३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताउनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पु¥याएको बताउनुभएको हो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

उहाँले आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताउनु भयो ।

प्रधानमन्त्री दाहालले एमविविएस लगायतका दक्ष जनशक्ति उत्पादन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा कार्यक्रम शुरू गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206