

काठमाडौं । दुई वर्ष अघि सुरु भएको रुस युक्रेन युद्ध अझै रोकिने सम्भावना देखिएको छैन् । यो युद्धमा दुवैतर्फका गरी करिब ५ लाख मानवीय क्षति भइसकेको छ । यसैबीच रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रुससँग सम्झौता नगरेसम्म युद्ध नरोकिने बताएका छन् । एक अन्तरवार्तामा उनले रूससँग सम्झौता नगर्ने युक्रेनी संकल्प फिर्ता नभएसम्म युद्ध अन्त्य नहुने बताए ।
अमेरिकन प्रख्यात प्रस्तोता टकर कार्ल्सनले क्रेमलिन पुगेर पुटिनसँग हालै लिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । उनले अमेरिकाले रुसलाई युद्धमा धकेलेको बताए । अन्तरवार्ताको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई रुसलाई युद्धमा धकेलेर अमेरिकाले ऐतिहासिक गल्ती गरेको बताएको उल्लेख गरेका छन् । रुसको विरोध गर्ने वित्तिकै सहयोग गर्ने पश्चिमा मुलुकको कारण युद्ध अन्त्य हुन नसकेको भन्दै उनले युक्रेन युद्धको लागि अन्यबाट उचालिएको बताए । रुस सँधै सम्झौताको पक्षमा रहेको तर रुसँग सम्झौता गर्ने गरी युक्रेन तयार नभएसम्म युद्ध नरोकिने उनले दोहो¥याए ।