०४ बैशाख २०८२, शुक्रबार

परम ध्यू जापान निर्यात हुन थाल्यो

Logo
Pulse Khabar आइतबार, जेठ १३, २०८१

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरिरहेको परम घ्यू जापान निर्यात हुन थालेको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिजले परम घ्यू जापान निर्यात गर्न सुरु गरेको हो ।

सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको छ । उद्योगले जापानको एक निजी कम्पनी सँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँ ५ हजार केजी परम घ्यू सहित चिउरा, चियारंग, मह जापान पठाएका छन् । उद्योगले परम घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिनेछ ।

नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ । विराटनगरका अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् ।

साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दुध, डेरी दुध र घ्यू गरी ३ बेग्लाबेग्लै प्लान्ट सञ्चालनमा रहेका छन् । २०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि घ्यू जापान निर्यात गर्न सफल भएको हो ।

उद्योगले कोशी प्रदेश सरकारको अनुदानमा दूग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार निर्यात हुन लागेको पदम घ्यूको शुभारम्भ गर्दै प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206