

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेठ १७ र १८ गते श्रमाधान रोजगार मेला आयोजना हुने भएको छ ।
उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र श्रम कार्यालय मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ १७ र १८ गते विराटनगर स्थित सिटी होटलमा मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मेलाको उद्देश्य आन्तरिक रोजगारीलाई प्रबद्र्दन गर्ने र बैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने रहेको बताउनुभयो ।
कोशी प्रदेशबाट सुरु हुने मेला सातवटै प्रदेशमा आयोजना गरिने राउतले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने मेला जेठ ३० गते वागमति प्रदेशमा पुगेर समापन हुने छ ।
कोशी प्रदेशमा आयोजना हुने मेलामा ६ सय बढीले रोजगारीका लागि आवेदन दिने र २ सय ५० जनाले रोजगारी पाउने अनुमान गरिएको राउतले बताउनुभयो ।