२६ चैत्र २०८१, बिहिबार

जेल फर्किए केजरीवाल

Logo
Pulse Khabar सोमबार, जेठ २१, २०८१

नयाँ दिल्ली । लोकसभा निर्वाचनको लागि प्रचार प्रसारमा अन्तरिम जमानतमा छुटेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् ।

भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो ।

२१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएका हुन् । मुख्यमन्त्री केजरीवालले सर्वाेच्च अदालतले दिएको २१ दिन बाहिर रहने अनुमति पछि देशका लागि अभियान चलाएको बताएका छन् ।

पुनः जेल जानुअघि केजरीवालले केही समाचार संस्थाले प्रकाशन गर्दै आएको चुनावी प्रक्षेपण गलत भएको प्रतिक्रिया दिएका छन् ।

जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेका थिए । केजरीवाललाई मदिरासम्बन्धी नीतिमा अनियमितता गरेको अभियोगमा ईडीले २१ मार्चमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206