०४ बैशाख २०८२, शुक्रबार

मदन भण्डारीको जन्मजयन्तीका अवसरमा खुल्ला दौड प्रतियोगिता हुने

Logo
Pulse Khabar मंगलबार, आषाढ १८, २०८१

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस) राष्ट्रिय एथलेटिक्स संघले मदन भण्डारी सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज विराटनगरमा संघले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । असार १९ गते विराटनगरमा आयोजना हुन लागेको ५ किलो मिटर खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा देश भरिबाट ३ सय ५० जनाको सहभागिता रहने नेकोस राष्ट्रिय एथलेटिक्स संघको केन्द्रीय अध्यक्ष अनिरुद्र चौधरीले बताउनु भयो ।

मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा प्रथम हुनेले १५ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले १० हजार १ सय ११ रुपैयाँ, तेस्रो हुनेले ७ हजार १ सय ११, चौथो हुनेलाई ५ हजार १ सय ११ र पाँचौं ३ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यसै गरि १५ वर्ष मुनिका छात्रछात्राहरुको लागि ३ किलो मिटर दौड प्रतियोगितामा प्रथम हुनेले ८ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ६ हजार १ सय ११, तृतीय हुनेले ४ हजार १ सय ११, चौथो हुनेले २ हजार १ सय ११ र पाँचौ हुनेले १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन । प्रतियोगिता १९ गते बिहान सवा ७ बजे सहिद रंगशालाबाट सुरु हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206