०४ बैशाख २०८२, शुक्रबार

प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए सपथ

Logo
Pulse Khabar सोमबार, आषाढ ३१, २०८१

विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली तथा दुई उपप्रधानमन्त्रीसहित गरी २१ जना मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिनुभएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनुभयो ।

प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त हुनु भएका ओलीले आजै मन्त्रिमण्डल समेत बिस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आजै पदभार ग्रहण गर्नुभएको छ ।

उपप्रधानमन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र एमाले उपाध्यक्ष विष्णु पौडेलले सपथ लिनुभयो । सिंह उपप्रधान तथा सहरी विकासमन्त्री र पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई पनि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206