२६ चैत्र २०८१, बिहिबार

देउवापत्नी आरजू परराष्ट्रमन्त्री बन्दा अरु को को भए मन्त्री ?

Logo
Pulse Khabar सोमबार, आषाढ ३१, २०८१

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुको नाम र कार्यविभाजन यस्तो छ ।

प्रधानमन्त्री ओली पछाडीको दोश्रो बरियतामा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह रहनु भएको छ । यस्तै त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहनु भएको छ । सञ्चार तथा सूचना मन्त्रीका रुपमा पृथ्वि सुब्बा गुरुङ नियुक्त हुनु भएको छ । काँग्रेसका नेता रमेश लेखक गृहमन्त्री नियुक्त हुँदा शरतसिंह भण्डारी, श्रम तथा रोजगार मन्त्री बन्नु भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्नु भयो । महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह सुडी, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी हुनु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी देवेन्द्र दाहालले पाउनु भएको छ । युवा तथा खेलकुदमन्त्रीमा तेजुलाल चौधरी नियुक्त हुँदा खानेपानी मन्त्रीको जिम्मेवारी प्रदीप यादवले पाउनुभएको छ ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रदीप पौडेलले पाउनु भयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया हुनु भएको छ । यस्तै बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नु भएको छ ।

रक्षमन्त्रीको जिम्मेवारी मानवीर राईलाई दिइएको छ । दीपक खड्का, जलस्रोत तथा ऊर्जा , राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरणमन्त्री बन्नु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206