२६ चैत्र २०८१, बिहिबार

बंगलादेशमा आरक्षणविरोधी आन्दोलन चर्किदै, २५ जनाको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, साउन ०३, २०८१

विराटनगर । बंगलादेशमा जारी आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदै जाँदा २५ जना बढीको मृत्यु भएको छ ।

बंगलादेशको स्वतन्त्रताको लागि १९७१ सन्मा भएको आन्दोलनमा मृत्यु भएका मुक्तियोद्धाका परिवारलाई सरकारी जागिरको लागि दिइने आरक्षण खारेजको माग गर्दै बंगलादेशको विभिन्न स्थानमा आन्दोलन भइरहेको छ ।

विश्वविद्यालयको छात्रहरुले आन्दोलन चर्काइरहेका छन् । आन्दोलनमा सयौँ घाइते भएका छन् । यस्तै आन्दोलन अझै बढ्दो रहेको छ । विभिन्न स्थानमा पुलिस र प्रदर्शनकारीबीच झडप हुँदा उनीहरुको मृत्यु भएको हो ।

आन्दोलन चर्किँदै गएपछि विभिन्न स्थानमा इन्टरनेट सेवा अबरुद्ध गरिएको छ । आन्दोलन बढ्दै जाँदा बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले आन्दोलन रोक्नलाई आग्रह गर्दै सम्बोधन गर्नुभएको थियो । उहाँको सम्बोधन पछि झन आन्दोलन चर्किएको बिबिसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206