२६ चैत्र २०८१, बिहिबार

ओली दुई वर्षको लागि प्रधानमन्त्री

Logo
Pulse Khabar आइतबार, साउन ०५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दुई वर्षका लागि प्रधानमन्त्री बनेको बताउनुभएको छ । कांग्रेससँग भएको सात बुँदे सहमतिका बुँदा बुँदा सुनाउँदै उहाँले यस्तो बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेससँग भएको सहमतिबारे जानकारी दिँदै उहाँले चुनाव अगाडि एक वर्ष काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने दुुई दलबीच सहमति भएको उहाँले सदनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष आफूले र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने बिषय समेटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206