२६ चैत्र २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई दुईतिहाइको विश्वास

Logo
Pulse Khabar आइतबार, साउन ०५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाउनुभएको छ ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आज प्रधानमन्त्री ओलीले राख्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत प¥यो भने एक मत तटस्थ रह्यो ।

संसदमा आज २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ बस्नु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206