२६ चैत्र २०८१, बिहिबार

मौद्रिक नीति आएपछि उच्च अंकले बढ्यो सेयर बजार

Logo
Pulse Khabar आइतबार, साउन १२, २०८१

काठमाडौं । मौद्रिक नीति आएपछिको पहिलो सेयर कारोबारको दिन आज सेयर बजार ११३ अंक बढेको छ ।

आज नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो ।

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।

बाह्र बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । आज माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । आज स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206