२६ चैत्र २०८१, बिहिबार

हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएको अवस्थामा बाँसझ्याङ्मा युवती फेला

कोशी अस्पतालमा उपचार हुँदै
Logo
Pulse Khabar मंगलबार, पुष ०८, २०८१

विराटनगर । मोरङको जहदामा एक युवती बाँसघारीमा हातखुट्टा बाँधेको अवस्थामा फेला परेकी छिन् । उनलाई बाँसघारीमा हातखुट्टा बाधेर मुखमा समेत पट्टी बाँधेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

जहदा हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनको बहिनीले बताएकी छिन् ।

युवतीले कोही व्यक्ति नजिक देखेपछि हातको इशाराले बोलाएपछि उनलाई उद्धार गरिएको छ । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी बेदप्रकाश सहितको टोली घटना स्थलमा पुगेर ती घाईते युवतीको गरी कोशी अस्पतालमा ल्याईएको छ ।

उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरेको हुन सक्ने उनकी दिदीले बताएकी छिन्।
आपराधिक घटनामा संलग्नको खोजतलास सुरु गरिएको मोरङ प्रहरीले बताएको छ । पीडितले भने अनुसारको घटना भएको हो वा हैन यकिन गरेर संलग्नहरुको खोजतलास सुरु गरिएको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घाईतेलाई कोशी अस्पतालमा पुगेर भेटेका छन् । उनले महिलालाई के कस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भईसकेको जानकारी दिए । घाईतेको युवतीको मेडिकल चेकजाँच पछि के भएको हो अनि मात्र वास्तविक कुरा खुल्ने एसपी चिमरियाले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206