

काठमाडौं । तपाईले कति पुरानो मोबाइल चलाउँदै हुनुहुन्छ ?, १० वर्ष भन्दा पुरानो मोबाइलबाट फेसबुक, ह्वाट्सएप चलाउँदै हुनु हुन्छ भने तपाईकालागि दुखको खबर छ । सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ ।
आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।
१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइडरआईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन । जुन मोडलहरु यस प्रकार छन् । सामसङको ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनिमा फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम चल्दैन । यस्तै मोटोरोलाको माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ तथा एचटीसीको वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ मा पनि बन्द हुने छ । एलजीका भने अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० र सोनीका एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी मोडल बोक्नेहरुले पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पाउनु हुँदैन ।