२६ चैत्र २०८१, बिहिबार

युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Logo
Pulse Khabar मंगलबार, पुष ०८, २०८१

विराटनगर । हात खुट्टा बाँधेर मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ती महिला गम्भीर अवस्थामा आज बिहान जहदा गाउँपालिका ३ बाँसघारीबाट उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।

हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी उनलाई आफन्त र प्रहरीको सहयोगमा उपचार गरिएको थियो । बिहान मर्निङवाक जान्छु भनेर घरबाट हिंडेकी उनी केही घण्टापछि बाँसघारीमा हातखुट्टा बाँधिएको र अर्धचेत अवस्थामा भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उनको मुखका उनले ओढेको सल कोचिएको थियो । डिएसपी जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडाम पनि छन् ।

उनीमाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी भएको आशंका आफन्त र प्रहरीको छ । तर मेडिकल परीक्षणपछि मात्रै सो विषयमा स्पष्ट खुल्ने भन्दै प्रहरीले अहिले थप के भएको हो भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । कसैले नदेख्ने ठाउँमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको हुनसक्ने उनकी दिदीको आशंका छ । उनका अनुसार मंगलबार अपरान्ह पीडित महिलाको होस आएको छ र अवस्थामा सुधार आइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206