२६ चैत्र २०८१, बिहिबार

भीम रावल भए पार्टीविहिन, एमालेले खोस्यो भीम रावलको सदस्यता

Logo
Pulse Khabar बुधबार, पुष ०९, २०८१

काठमाडौं । नेकपा एमालेले नेता भीम रावलको पार्टी सदस्यता खोसेको छ । आज बसेको एमाले सचिवालय कमिटीको बैठकले रावलको सदस्य खोसेको हो ।

बैठकपछि निर्णयका विषयमा जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवलीले निरन्तर पार्टीविरुद्ध गतिविधि गरेको कारण सदस्यतामुक्त गरिएको बताए ।

उनले भने – ‘क. भीम रावललाई सल्लाहकारको जिम्मेवारी दिएको भएपनि पार्टी हितविपरित गतिविधि निरन्तर गरिरहेको कारण पार्टी सदस्यतामुक्त गरिएको छ ।’
बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठक पुष २१ र २२ गते काठमाडौं केन्द्रीय कार्यालयमा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206