०६ बैशाख २०८२, आइतबार

भजनशिरोमणि आचार्यको निधन

Logo
Pulse Khabar सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । भजनशिरोमणि भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९९ सालमा जन्मिएका वरिष्ठ गायक आचार्यको सोमबार उमेरमा निधन भएको हो । जम्मा १६ वर्ष मात्रै सांगीतिक जीवनमा सक्रिय रहेका भक्तराज आचार्यका जम्मा साढे चार सय हाराहारी गीत रेकर्ड भएको छ । तर आचार्यले गाएका अधिकाँश गीतहरु कालजयी छन् ।

‘हजार सपनाहरूको माया लागेर आउँछ’, जति चोट दिन्छौ देऊ मायालु’, हजार आँखा हेर्ने मेरी मायालुलाई’ लगायतका गीतहरु कालजयी छन् । सुगम संगीतमा कालजयीका गायक खासमा ‘भजन शिरोमणि’ उपाधिबाट चर्चित छन् । भक्तराजका दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि सुगम संगीतका परिचित नाम हुन् । सानैमा बाबु गुमाएका उनी दार्जिलिङको डुवर्समा हुर्किएका थिए । प्रष्ट उच्चारण गर्ने र मधुर स्वरमा गाउने आचार्यमाथि २०४६ साल मंसिर १९ मा बौद्धको ‘छिरिङ रेस्टुरेन्ट’मा संघातीक हमला भयो । टाउकोमा गहिरो चोट लागेका उनलाई वीर अस्पताल पुर्‍याइयो । उनको टाउकोमा मात्रै सयभन्दा बढी टाँका लगाइयो । सात महिनासम्म अस्पतालमै बसे । यसको ठिक एक वर्षपछि नारायण गोपालको २०४७ साल मंसिर १९ मै निधन भयो । उता सांघातीक हमलाका कारण भक्तराजले आफ्नो सुर र ताल गुमाए । २०५० सालमा क्यान्सरका कारण उनको जिब्रो नै काट्नुपर्‍यो । यसपछि त झनै न उनले गाउन नै सके, न राम्रोसँग बोल्न नै । आफ्नो कुरा भन्नका लागि पनि उनले अरूको सहारा लिन सुरु गर्नुपर्‍यो । यसपछि स्वरविहीन बनेका भक्तराज २०४६ सालदेखि २०८० सालसम्म ३४ वर्ष आवाजविहीन बनेर अस्ताए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206