

यही चैत्र २७ गतेदेखि सुनसरीको चतरा धाममा कुम्भ मेला सुरु हुँदै छ । कुम्भमेला सुरु गर्नु हुने नेपालका एकमात्र जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले चतरा धाम रहेको र यहाँ कुम्भ मेलाको आयोजना गर्नुको कारण बारे पल्सखबरसँग संक्षिप्त प्रतिकृया दिनुभएको छ ।
समुन्द्र मन्थनबाट निस्किएको अमृतको घडा इन्द्रका छोरा जयन्तले कागको रुप धारण गरेर चुच्चोले च्यापेर भाग्दा भारतको हरिद्धार, इलहाबाद, उज्जैन र नासिकमा एक एक थोपा अमृत झरेको कारण कुम्भ मेला लाग्दै आएको प्रमण रहेको र चतरा धाममा कुम्भ लाग्नुको कारण पनि यही प्रसंगमा उल्लेख रहेको उहाँले बताउनुभयो ।
जयन्तले अमृतको घडा हिमालयमा लगेर राखेपछि भगवान विष्णुले मोहिनी रुप धारण गरेर अमृतको घडा लिएको र त्यसमा लागेको तर अर्थात छालीको पीण्ड बनाएर चतरा धाममा राखेर पूजा गरेको र एक महिनासम्म निरन्तर पूजा गरेको प्रमाणको आधारमा यहाँ कुम्भ मेला सुरु गरिएको बताउनुभयो ।
भगवान विष्णुले चैत्र महिनामा त्यसरी पूजा गरेको कारण चैत्र मेला भन्ने गरिएको र त्यसको अपभ्रंस भएर चतरा बनेको उहाँको दाबी छ । त्यही मेलालाई निरन्तता दिइएको उहाँले बताउनुभयो । https://fb.watch/rcR15HT8tb/