

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ। चैत ७ गते काभ्रे जिल्ला अदालतमा उनीहरूले संयुक्त निवेदन दिएर सम्बन्ध विच्छेद गरेका हुन्।
काभ्रे जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले अंश नलिई सम्बन्ध विच्छेद भएको जानकारी दिनुभयो । ‘उहाँहरूले संयुक्त निवेदन दिएकै दिन सम्बन्ध विच्छेद भएको हो’, उहाँले भन्नुभयो । मोडल न्यौपाने काभ्रेको धुलिखेल ७ निवासी हुन्।
दुई वर्षको प्रेमपछि निशान र ऋचाले २०७७ सालमा कोर्ट म्यारिज गरेका थिए । निशान नेपाल आइडलमा फर्स्ट रनर अप भएपछि उनीहरूको बिहे भएको थियो ।
गत वर्ष पनि यो जोडीको सम्बन्धमा खटपटको चर्चा चलेको थियो । दुवैले एक–अर्कालाई सामाजिक सञ्जालबाट अनफलो गरेका थिए । तर, उनीहरूले आफ्नो सम्बन्धबारे केही बताएका थिएनन् ।
निशान अहिलेका चर्चित गायकमा पर्छन् । उनको एउटा गीतमा ऋचाले मोडलिङ गरेकी छन् ।