०५ बैशाख २०८२, शनिबार

एमाले विराटनगर ४ ले आयोजना गरेको भजन प्रतियोगितामा ज्योतिनगर भजन समूह प्रथम

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

विराटनगर । नेकपा एमाले विराटनगर वडा नं ४ कमिटीले भजन कर्तिन प्रतियोगिताको आयोजना गरेको छ ।

आज विराटनगर ४ मा आयोजित प्रतियोगितामा विराटनगर महानगरपालिका वडा नं ४ का ४५ वटा समूहले भाग लिएका थिए । प्रतियोगितामा विमला वुढाथोकी नेतृत्वको ज्योतिनगर भजन समूह प्रथम भएको छ ।

यस्तै लिला वास्तोला नेतृत्वको श्यामसुन्दर भजनसमूह दोस्रो, गायत्रा न्यौपाने नेतृत्वको श्रीकृष्ण भजन समूह तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र सहभागि समूहहरूले नगद एक हजारका दरले पुरस्कार प्राप्त गरेको नेकपा एमाले विराटनगर महानगर वडा नं ४ कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयो ।

पुरस्कृत समूहहरूलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, महानगर कमिटी अध्यक्ष सागर थापालगायतले विजेता तथा सहभागी समूहहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री राईले विभिन्न संस्कृति, संस्कार र धर्म नै देशको सम्पत्ति भएको भन्दै यसको संरक्षण गर्नु पर्ने बताउनुभयो । यस्तो प्रतियोगितामा पहिलो पटक सहभागी हुन पाएको भन्दै उहाँ खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा शंखध्वनी, स्वस्ती वाचन र बालिकाहरुले संगिनी नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206